घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी

काठमाडौँ, १२ भदौ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् ।

भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् । मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो ।

भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् । ज्वाला र जोशी दुवैको लिस्टमा थिए । त्यस्तै उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाह मात्र निर्वाचित भएकी छन् ।

सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित भएका छन् भने गणेश विक दुवै पक्षको टिममा थिए । घनश्याम भुसालको टिममा परेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित भएका छन् ।

पोलिटब्युरोमा पनि माधव नेपाल पक्षले बेग्लै लिस्ट बाँडेको थियो भने भुसालको पनि फरक छ । धेरै नेता दुवै लिस्टमा परेका छन् । २०२ जना पोलिटब्युरो सदस्यको मतगणना दिउँसो हुँदैछ ।

यस्तो थियो सूची

उपाध्यक्ष

१. उपाध्यक्ष  (महिला)- जयन्ती राई

२. उपाध्यक्ष (मधेसी)- धर्मनाथ शाह

३. उपाध्यक्ष खुल्ला- प्रकाश ज्वाला

४. उपाध्यक्ष खुल्ला- डा. विजय कुमार पौडेल

५. उपाध्यक्ष खुल्ला- भानुभक्त जोशी

(ख) उपमहासचिव 

१. जीवनराम श्रेष्ठ

२. गरिमा शाह

३. हरि पराजुली

४. शत्रुघ्न महतो

(ग) सचिव

१. धर्मराज निरौला

२. चन्द्रबहादुर शाही

३. धनराज आचार्य

४. शिव भण्डारी

५. दीर्घ सोडारी

६. बलदेव चौधरी (जनजाति)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  बोर्डका

काठमाडौँ, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, १५ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, १४ असार । आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ४ हजार