काठमाडौँ, १२ भदौ । उपमहासचिव पदमा पराजित भएपछि जीवनराम श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
मंगलबार भएको निर्वाचनमा उनी उपमहासचिव पदमा पराजित भएका थिए । उनले ०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा भएको महाधिवेशनपछि चुनिएको ९३ सदस्यीय केन्द्रीय कमिटीले उनलाई नै कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो ।
उनले उपमहासचिव पदमा पराजित भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।