काठमाडौँ, १२ भदौ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले खनाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।