प्रकाश तामाङलाई तत्काल नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई तत्काल नागरिक दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

विद्या चापागाईले तयार पार्नुभएको हेर्ने कथामा तामाङको जीवनी प्रसारण गर्नुभएको थियो । सोही कार्यक्रम मार्फत नै तामाङको मुख्य समस्या नागरिकता भएकाले नागरिक भएपछि मात्र अन्य काम गर्न सकिने भएकाले गृहसचिव एकनारायण अर्याललाई बोलाएर सहजिकरणको लागि निर्देशन दिनुभएको हो । गृहसचिव अर्यालले दुईचार दिनभित्र नै तामाङलाई नागरिकता उपलब्ध गराउने वातावरण तयार पार्ने प्रतिवद्धता नजानउभनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको