सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद खारेजी माग गरिएको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

काठमाडौँ, ११ भदौ । सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद खारेजीको माग गर्दै डीआइजी अभिकुमार खत्रीका तर्फबाट दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

सर्वोच्चकी न्यायाधीश शारंगा सुवेदीको इजलासले कारण देखाऊ आदेश मात्र जारी गरेसँगै सशस्त्रका ३० वर्षे सेवाहदका आधारमा पत्र पाएकाहरूको अवकाश नरोकिने भएको हो । न्यायाधीश हरि फुयालको इजलासले गत बिहीबार नेपाल प्रहरीको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

त्यसलगत्तै ३० वर्षे सेवा हदका आधारमा सशस्त्रबाट अवकाशको पत्र पाएका डीआइजी खत्रीसहित १२ जनाका तर्फबाट अनिदता अधिकारीले रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार