नेप्से परिसूचक १११.९६ अंकले घट्यो

काठमाडौँ, ११ भदौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १११.९६ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक २७८२.६० विन्दुमा बन्द भएको हो । आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य स्थिर छ ।

घटेको बजारमा तारागाउँ रेजेन्जी होटेल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले घटेर एक हजार ८२७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वाणिज्य बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी र फाइनान्स समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०