नेप्से परिसूचक १११.९६ अंकले घट्यो

काठमाडौँ, ११ भदौ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार १११.९६ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक २७८२.६० विन्दुमा बन्द भएको हो । आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य स्थिर छ ।

घटेको बजारमा तारागाउँ रेजेन्जी होटेल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य भने १० प्रतिशतले घटेर एक हजार ८२७ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । वाणिज्य बैंकिङ, डेभलपमेन्ट बैंक, लगानी र फाइनान्स समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा