प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबीच भेटवार्ता

काठमाडौँ, ११ भदौ । ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अल्बुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा सोमबार दुई दिने भ्रमणका लागि नेपाल आएका विदेशमन्त्री अल्बुसाइदीले मंगलबार प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबिचको आपसी सम्बन्धको बारेमा छलफल गरेका छन् । 

विदेशमन्त्री अल्बुसाइदीले दुई देशबिचमा भएको विभिन्न सहमति तथा  सम्झौतालाई कार्यान्वयनमा जोड दिएका छन् । दुई देशबिचको सम्बन्धलाई बलियो बनाउन दुवै देशले भूमिका खेल्नु पर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको