प्रधानमन्त्री ओली र ओमनका विदेशमन्त्री अल्बुसाइदीबीच भेटवार्ता

काठमाडौँ, ११ भदौ । ओमानका विदेशमन्त्री शैयद बदर बिन हमद बीन हमुद अल्बुसाईदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा सोमबार दुई दिने भ्रमणका लागि नेपाल आएका विदेशमन्त्री अल्बुसाइदीले मंगलबार प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबिचको आपसी सम्बन्धको बारेमा छलफल गरेका छन् । 

विदेशमन्त्री अल्बुसाइदीले दुई देशबिचमा भएको विभिन्न सहमति तथा  सम्झौतालाई कार्यान्वयनमा जोड दिएका छन् । दुई देशबिचको सम्बन्धलाई बलियो बनाउन दुवै देशले भूमिका खेल्नु पर्ने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।