काठमाडौँ, ११ भदौ । नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध चयन भएका छन् ।
सोही पदमा उमेदवारी दिएका घनेन्द्र बस्नेतले मंगलबार उमेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । अरु पदमा भने चुनाव हुने भएको छ ।
एकीकृत समाजवादीमा सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिवका लागि निर्वाचन गर्न लागिएको हो । अध्यक्ष, महासचिव र सम्मानित नेता भने पार्टी महाधिवेशनबाट चुनिएका थिए ।