क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने

एजेन्सी, ११ भदौ । क्यानडाले अस्थायी विदेशी कामदारको संख्या घटाउने भएको छ ।

आफ्नो सरकारले देशमा कम पारिश्रमिकमा काम गर्ने, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार भनेका हुन् । अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको पनि उनले बताएका छन् ।

ट्रुडोले सामाजिक सञ्जालमा पोस्टमार्फत यो जानकारी दिएका हुन् । अहिले श्रम बजारमा परिवर्तन आएको उनको भनाइ छ । ‘हामी क्यानाडामा आउने कम ज्यालामा काम गर्ने र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं । श्रम बजारमा परिवर्तन भएको छ । अब हाम्रो व्यवसायहरूका लागि क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय आएको छ,’ ट्रुडोले माइक्रो ब्लगिङ वेबसाइटमा एउटा पोस्ट गर्दै भनेका छन् ।

क्यानडामा जनसंख्या बढिरहेकै समयमा यो कदम चालिएको हो । जनसंख्या बढेसँगै त्यहाँ आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरूले बताइरहेका छन् । क्याडनाको जनसंख्यामा भएको अधिकांश वृद्धि गत वर्ष देखिएको हो । आप्रवासीहरूको संख्यामा भएको वृद्धिका कारण त्यहाँको जनसंख्या बढेको संघीय तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको