काठमाडौँ, ११ भदौ । २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनल खेल सातदोबाटोमा रहेको एन्फा कप्लेक्समा हुने भएको छ ।
आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो सामाजिक सञ्जालमार्फत नेपाल र बङ्गलादेशबीचको फाइनल एन्फामा हुने जानकारी दिएको हो ।
यसअघि एन्फाले फाइनल खेल दशरथ रङ्गशालामा हुने जनाएको थियो । तर पानी परिरहेकाले मर्मत भइरहेको दशरथ रङ्गशालाको काम प्रभावित भएपछि त्यहाँ फाइनल खेलाउने सम्भावना नरहेको एन्फाले जनाएको छ । फाइनल खेल भोलि बुधवार साढे २ बजे शुरू हुनेछ ।