बनेपामा आँचलले गरिन् कन्यापूजा

काठमाडौँ, ११ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार काभ्रेको बनेपामा आयोजित ‘कन्यापूजा’मा फिल्म ‘वर एण्ड वधु’का कलाकार सहभागी भए ।

कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, रविन्द्र खड्का, कुसुम शर्मा र बिजु पार्कीले ‘कन्यापूजा’ गरे । ‘कन्यापूजा सनातन गुठी’ले वर्षेनी कृष्ण जन्माष्टमीमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

सो अवसरमा कलाकारले हजारभन्दा बढी बालिकालाई कापी र खानेकुरा वितरण गरेका थिए । ‘कन्यापूजा’ समारोहमा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुसी र आनन्द लागेको आँचलले बताइन् ।

एक घण्टा भन्दा बढी समय कन्यालाई कापी र बिस्कुट वितरण गरेकी आँचलले आफू निकै हर्षित भएको अनुभव सुनाइन् । अभिनेता कर्माचार्यले आफूले चार वर्षदेखि निरन्तर रुपमा ‘कन्यापूजा’मा आएर दान गर्ने गरेको अनुभव सुनाए ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्यापूजा’को अवसरमा फिल्मको निर्माण टिमले एक लाख ११ हजार नगद सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बताएका छन् ।

काठमाडौँ, १ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या