बनेपामा आँचलले गरिन् कन्यापूजा

काठमाडौँ, ११ भदौ । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार काभ्रेको बनेपामा आयोजित ‘कन्यापूजा’मा फिल्म ‘वर एण्ड वधु’का कलाकार सहभागी भए ।

कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, रविन्द्र खड्का, कुसुम शर्मा र बिजु पार्कीले ‘कन्यापूजा’ गरे । ‘कन्यापूजा सनातन गुठी’ले वर्षेनी कृष्ण जन्माष्टमीमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

सो अवसरमा कलाकारले हजारभन्दा बढी बालिकालाई कापी र खानेकुरा वितरण गरेका थिए । ‘कन्यापूजा’ समारोहमा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुसी र आनन्द लागेको आँचलले बताइन् ।

एक घण्टा भन्दा बढी समय कन्यालाई कापी र बिस्कुट वितरण गरेकी आँचलले आफू निकै हर्षित भएको अनुभव सुनाइन् । अभिनेता कर्माचार्यले आफूले चार वर्षदेखि निरन्तर रुपमा ‘कन्यापूजा’मा आएर दान गर्ने गरेको अनुभव सुनाए ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्यापूजा’को अवसरमा फिल्मको निर्माण टिमले एक लाख ११ हजार नगद सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्