राजनीतिका नयाँ जोगीहरु खरानी धस्ने मात्र भए : सांसद खतिवडा

भक्तपुर, १० भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले कांग्रेसको प्रतिस्पर्धा एमालेसंग हुने बताएका छन् ।

उनले सो कुरा प्रेस सोसाइटीले आज सूर्यविनायममा आयोजना गरेको साक्षतकार कार्यक्रममा वताएका हुन् । उनले भने, ‘गाडीमा हिड्यो गाडी सुरक्षित छैन । प्लेनमा हिड्यो प्लेन सुरक्षित छैन ।’ हेलिकप्टरमा हिड्यो हेलिकप्टर सुरक्षित नभएको कुरा वताए ।

ट्राफिक प्रहरीले सवारी दुर्घटनाको रोकथाममा भन्दा राजस्व सङ्कलनमा बढी ध्यान दिइरहेको भन्दै भन्दै उनले थपे–ट्राफिक प्रहरीले यात्रुहरूलाई जहाँतहीँ रोक्ने, चेक गर्ने, लुकेर बसेर चेकजाँच गर्ने जस्ता क्रियाकलापले दुर्घटनाको जोखिम बढाएको छ, यस्तो पद्धति तत्काल रोक्न आवश्यक छ ।

उनले भने, ‘भोली फेरी हाम्रो प्रतिस्पर्धा कांग्रेसको एमालेसंग हुन्छ र एमालेको कांग्रेससंग नै हुन्छ भन्ने कुरा एमालेका अध्यक्ष केपी ओलीलाई पनि थाह छ । त्यो हाम्रो पार्टी सभापति शेरवहादुर देउवालाई पनि थाह छ । तैपनि हामीले मिलेर सरकार बनाएका छौं ।’

साना राजनीतिक पार्टीहरूले देशलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको भन्दै उनले भने, ‘कांग्रेस र एमालेबीचको सहकार्यले राजनीतिक स्थिरता ल्याएको र जनतामा आशा जगाएको छ ।’, उनले थपे, ‘त्यसोत केही नयाँ पार्टीहरुले मिसन ८४–८४ भनिराखेका छन । उनीहरु आउने कुरालाई हामी नाई भन्दौनौ । उनीहरु मात्रै होइन, उनीहरु भन्दा नयाँ आए पनि हामी स्वागत गर्नेछौ । तर हामी देख्यौ नयाँ जोगीहरु खरानीमात्रै धस्ने भए काम गर्ने भएनन । वोल्ने मात्रै भए ।’

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको साक्षात्कार कार्यक्रममा विषय उठान पत्रकार महासंघ भक्तपुरका पूर्व सभापति पुष्कर बुढाथोकीले गरेका थिए भने संचालन सोसाइटीका महासचिव केशव लुइँटेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण