जसपाले टुङ्ग्यायो पदाधिकारी (सूचीसहित)

काठमाडौँ, १० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।

कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिनुभएको छ । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बन्नुभएको छ । महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त हुनुभएको छभने प्रकाश अधिकारी उपमहासचिव चुनिनुभएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त हुनुभएको छ । मनिषकुमार सुमन पार्टीको प्रवक्ता बन्नुभएको जसपा पार्टी कार्यालयले जनाएको छ ।

जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा  सुरिताकुमारी साह चुनिनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण