सरकारले जनताका सबैखाले निराशालाई अन्त्य गरी आशा जगाउनेछ: मन्त्री भण्डारी

काठमाडौँ, १० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरूको अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरू सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताए । विशिष्ट परिस्थितिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरूलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको उनको भनाई छ । उनले नेपालको उद्यमशीलता र औद्योगिक क्षेत्रको विकास गर्नमा आफूले ध्यान केन्द्रित गरेको बताए ।  

उनले भने, ‘गौरा पर्व विगतमा कम व्यक्तिहरुले मनाउँदा साँघुरो बाटोमा सीमित थियो । तर अहिले राजमार्गका रूपमा परिणत भएको छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएपनि यसको सांस्कृतिक महत्त्व र मौलिक तत्त्वहरूको विस्तार गर्नु जरुरी छ । गौरापर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जुरुरी छ । पर्वको महत्त्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो परिचालन र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरुले मुख्य भूमिका निर्वाह गर्नु जरुरी छ ।’ 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको