उपराष्ट्रपति यादवद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना

काठमाडौँ, १० भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

 “हाम्रो पूर्वीय वैदिक सभ्यतामा समाजलाई सभ्य र सुसंस्कृत बनाइ समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाज परापूर्वकालदेखि प्रचलनमा रही आएका छन्, तीमध्ये श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि हुन्”, सन्देशमा भनिएको छ,“बहुरङ्गी र विविधतायुक्त संस्कृति भएको नेपालमा अनेकन पर्व–त्योहार मनाइन्छ, यी सबै हाम्रो समाजमा धार्मिक एवं आध्यात्मिक चिन्तन तथा प्रेरणा र जागरणको दृष्टिलाई प्रादुर्भाव गर्ने ज्यावल हुन्, जसले हामीलाई पारस्परिक रूपमा जोड्ने मृदुल माध्यमको काम पनि गर्छन् ।” 

यस्तै, नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकका विभिन्न भूभागमा परापूर्वकालदेखि हर्षोल्लासका साथ गौरा पर्व पनि मनाइदै आइएको छ । यस पर्वका अवसरमा पाँच किसिमका अन्नको सामूहिक स्वरुप ‘बिरुडा’ प्रसादका रूपमा बाँड्ने चलन छ । पुरुष र महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । 

मूल रुपमा गौरी महेश्वरको उपासना गरिने गौरा पर्व हिन्दू नारीद्वारा आफ्नो सुसौभाग्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र शुद्धताका लागि गरिने सुसंस्कृत र संस्कारजन्य अनुष्ठान हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी