प्रधानमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको बिदाइ भेट

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आइतवार बिदाइ भेट गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा  भएका महत्त्वपूर्ण  कामबारे  जानकारी गराउनुुभएको थियो । उहाँ कार्यकाल पूरा गरी सोमबार स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गर्नुभयो । सो अवसरमा दुुईपक्षीय हितका विविध विषयमा  सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ । पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन विहान ९ बजेबाट सुरु हुँदैछ । पार्टीका

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोर्खाका २५,