‘बम बहादुर’ कार्तिक ३० मा प्रदर्शन हुने

काठमाडौँ, ९ भदौ । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आगामी कार्तिक ३० गते प्रदर्शनमा आउने भएको छ ।

निर्माण टोलीले आइतबार एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । पोस्टरको पृष्ठभूमिमा अभिनेता मल्ललाई लडाकुको पोसाकमा देखाइएको छ ।

जोन राईको निर्देशन रहेको फिल्ममा सस्पेन्स, थ्रिलर, रोमान्स र सोसल ड्रामाको सम्मिश्रण रहेको छ । फिल्मको मुख्य भूमिकामा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बालकलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । दाङमा जुवातास खेलिरहेको अवस्था ८ जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने

काठमाडौँ, १ जेठ । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका–१० का

फाइल फोटो काठमाडौँ, १ जेठ । रातो मच्छिन्द्रनाथको रथ जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लगिने भएको छ ।

वीरगञ्ज, १ जेठ । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ ।  वीरगञ्ज महानगरको निर्णयअनुसार