विष्णु माझीको तीज गीत बन्यो युट्युबमा धेरै हेरिने नेपाली गीत

काठमाडौँ, ९ भदौ । विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ ।

यो समाचार तयार पार्दासम्म (2,076,863 views Premiered Aug 24, 2024 #Bishnumajhi #TeejSong) यति पटक हेरिएको छ ।

शनिबार बिहान ‘सपना म्युजिक इन्डष्ट्रिज’ नामक युट्युव च्यानलबाट गीत रिलिज भएको थियो । टिकटक र रिल्समा समेत यो गीतमाथि प्रशस्तै भिडियो बनेका छन् । तीनदिनअघि सरकारले टिकटकलाई खुला गरेपछि विष्णु माझीको नयाँ गीतलाई झनै फाइदा पुगेको देखिएको छ ।

यो गीतमा माझीका श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ भने आशिष अविरलको एरेन्ज छ । भिडियोमा ललिता पौडेल फिचर्ड हुँदा माझीको पाश्र्वगायन छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार