नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, ९ भदौ । गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले भुटानविरुद्ध ‘पेनाल्टी सुटआउट’मा ४–१ को जित निकाल्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।

आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो सेमिफाइनलमा जियारथले ‘टाइब्रेकर’का दुई प्रहार गर्दै फाइनलमा स्थान बनाएको हो ।

टाइब्रेकरमा नेपालबाट पहिलो प्रहारका निम्ति आएका राम थापाले सहजै गोल गरे । दोस्रो अभिनाश स्याङतान, तेस्रो सिमान्त थापा र चौथो प्रहारका निम्ति आएका गोलकिपर जियारथ शेखले सहजै गोल गरेपछि नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

पेनाल्टीमा भुटानका तर्फबाट जेत्सुन दोर्जीले मात्र गोल गरे । भुटानबाट दोस्रो प्रहारका निम्ति जिग्मे नाम्गेल आएका थिए । उनको प्रहारलाई नेपालका गोलकिपर जियारथले विफल बनाए । भुटानबाट तेस्रो प्रहारका लागि युग्येन दोर्जी आएका थिए । उनको प्रहारलाई पनि जियारथले रोके ।

त्यसअघि, खेलको निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । ५६औँ मिनेटमा जेत्सुन दोर्जीले गोल गर्दै घरेलु समर्थकमाझ भुटानलाई अग्रतामा राखेका थिए । तर, ७८औँ मिनेटमा निराजन धामीले गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

त्यसको एक मिनेटअघि किंग्जाङ तेन्जिनले दोहोरो पहेँलोपछि रातो कार्डको दर्शन गर्दै मैदान छोड्दा भुटान १० खेलाडीमा समेटिएको थियो । नेपालले अब उपाधिका निम्ति भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्