शीर्ष नेताबीच सहमति भए लेखा समितिको सभापतिले राजीनामा दिनहुन्छ : सांसद भट्टराई 

काठमाडौँ, ९ भदौ । नेकपा (एमाले)ले शीर्ष नेताबीच सहमति भए सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई छाड्न तयार रहेको जनाएको छ ।

आज प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद योगेश भट्टराईले सभापतिको विषय उठाएर दबाबमा राख्न खोजिएको बताए ।

नेकपा (माओवादी केन्द्र)ले लेखा समितिको सभापति पद माग गर्दै आएको छ । बैठकमा माओवादी सांसद लेखनाथ दाहालले उक्त पद प्रतिपक्षीलाई दिन पहल गर्न समितिका सभाापति ऋषिकेश पाेखरेललाई आग्रह गरेका थिए ।

जवाफमा भट्टराईले ०७९ सालको निर्वाचनपछि शीर्ष नेतृत्वबीच सहमति भएर सभापतिको विषय टुंगिएको बताए । पुनः सहमति भए समिति सभापतिले राजीनामा दिने उनको भनाइ थियो ।

“सभापति संसदीय परम्पराअनुसार विपक्षी दलको हुन्छ भने विदित नै छ । हामीले कतिपय परम्परा मिच्दै आएका छौ,” उनले भने, “०७९ को चुनावपछि समिति सभापतिमा निर्वाचन भएन, सहमतिबाट चयन भएको हो । राजनीतिक दलको नेतृत्वमा पुनः सहमति हुन्छ भने सभापतिले राजीनामा दिनुपर्छ, दिनुहुन्छ । पटक–पटक सभापतिको विषयमा चिमोटेर दबाब दिइयो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरूले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप

काठमाडौँ, १ फागुन । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका

काठमाडौँ, १ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ, १ फागुन । नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने