इजरायलमा सङ्कटकालको घोषणा

एजेन्सी, ९ भदौ । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ ।

त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा लेबनानले पनि हवाई हमला गरेपछि सङ्कटकाल लगाइएको हो ।

आफले इजरायलतर्फ ३२० वटा रकेट प्रहार गरेको हिजबुल्लाले भनेको थियो । ड्रोन र कात्युशा रकेटको प्रयोग गरेर आफूले उत्तरी इजरायलको क्षेत्रहरूलाई निशाना बनाइरहेको उसले बताएको थियो ।

यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभीभमा आपतकालीन राष्ट्रिय सुरक्षा बैठकलाई सम्बोधन गरेका छन् । ‘हाम्रो देशको रक्षा गर्न र बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घरसम्म फर्काउन हामी सबै कुरा गर्न तयार छौँ । हामीलाई चोट पुर्याउन खोज्ने जोकोहीलाई हामी पनि चोट पुर्याउनेछौं’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् । आज

काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै

काठमाडौँ, ३ भदौ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको

काठमाडौँ, ३ भदौ । बागमती सरकार गठनका लागि एमालेका किरण थापामगरले दाबी पेस गरेका गरेका छन् । नेपालको संविधान धारा