इजरायलमा सङ्कटकालको घोषणा

एजेन्सी, ९ भदौ । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ ।

त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा लेबनानले पनि हवाई हमला गरेपछि सङ्कटकाल लगाइएको हो ।

आफले इजरायलतर्फ ३२० वटा रकेट प्रहार गरेको हिजबुल्लाले भनेको थियो । ड्रोन र कात्युशा रकेटको प्रयोग गरेर आफूले उत्तरी इजरायलको क्षेत्रहरूलाई निशाना बनाइरहेको उसले बताएको थियो ।

यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभीभमा आपतकालीन राष्ट्रिय सुरक्षा बैठकलाई सम्बोधन गरेका छन् । ‘हाम्रो देशको रक्षा गर्न र बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घरसम्म फर्काउन हामी सबै कुरा गर्न तयार छौँ । हामीलाई चोट पुर्याउन खोज्ने जोकोहीलाई हामी पनि चोट पुर्याउनेछौं’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने