रामेछाप पहिरोमा परि मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ, ९ भदौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् । 

पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको हो । 

११ वर्षीया अञ्जना श्रेष्ठ घाइते छिन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ । तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर