रामगोपालपुर-२ का वडाध्यक्ष मृत फेला

जनकपुरधाम, ९ भदौ । महोत्तरीमा एक जना वडाध्यक्ष मृत फेला परेका छन् ।

रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् ।

यादव मृत फेला परेको छेउमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । डिएसपी जयसवारका अनुसार मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको जस्तो देखिन्छ । तर, घटनाबारे थप खुलिसकेको छैन । अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने