जसपा नेपालको अभियान उद्घाटन हुँदै

काठमाडौँ, ८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ उद्घाटन हुने भएको छ ।

बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरु र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार अभियानको उद्घाटन गर्न लागेका छन् । काठमाडौँको थापागाउँस्थित काठमाण्डौ ब्याङ्क्वेटबाट चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत सङ्गठन निर्माण अभियान प्रारम्भ हुनेछ ।  

सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ भने रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोसी प्रदेशको बिराटनगरमा भदौ १८ गते अभियन्ताहरुको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ ।  

त्यसैगरी लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगञ्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरुलाई अभिमुखीकरणमा सहभागी गराइनेछ । गण्डकी प्रदेशको पोखरामा र सुदुरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण