साफ यु–२० : आज नेपाल र भुटानबीच सेमिफाइनल भिडन्त

काठमाडौँ, ८ भदौ । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज पहिलो सेमिफाइनलको खेल हुनेछ ।

आज हुने सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

यस्तै, भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो । भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो । दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः