प्रधानमन्त्रीलाई टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आग्रह

काठमाडौँ, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे आज ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, संघीय सांसदहरु दिपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले सो माग प्रस्तुत गर्नुभएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही-घोराही-तुल्सीपुर सडक विस्तारका काममा  सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको