ख्वप विश्वविद्यालय नेमकिपाको प्रशिक्षण केन्द्रको ढाँचामा प्रस्तावित विश्वविद्यालय मान्य हुँदैनः सांसद थापा

भक्तपुर, ७ भदौ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले ख्वप विश्वविद्यालय स्थापनामा आफू सकारात्मक भए पनि नेमकिपाको प्रशिक्षण केन्द्रको ढाँचामा प्रस्तावित विश्वविद्यालय मान्य नहुने बताएका छन् ।

नेपाल प्रेस सोसाइटीले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रमा उनले आफू सधै सकारात्मक भएर भक्तपुरका ऐतिहासिक विद्यालयहरूको स्तरवृद्धि, हनुमन्ते नदीको डुबान समस्या समाधान र ख्वप विश्वविद्यालयको स्थापनामा नगरपालिकासँग सहकार्य गर्न तत्पर रहेको वताए ।

उनले भक्तपुर भूगोलको हिसाबले सानो भएकोले धेरै नगरपालिकाहरूको औचित्य नरहेको र यसको सट्टा एउटा उपमहानगर बनाउनुपर्ने आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको प्रस्ताब रहेको वताए । खास गरेर भक्तपुर नगरपालिकाका मेयर आफूले सिगो जिल्लाका विकास निर्माणका सवालहरुमा सहकार्य गरेर अघि बढ्न खोज्दा उनीहरु सम्पर्कमा नै आउन नचाहेको उनले वताए ।

सांसद थापाले काङ्ग्रेस र एमालेबीचको सहकार्यले राजनीतिक स्थिरता आएको र देश तथा जनतामा आशा जागेको दाबी गर्दै संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको जानकारी गराए । सांसद थापाले आफू कहिलेकाही हरायो भनेर मिडिया तथा सामाजिक सञ्जालमा आउने गरेको भन्दै असहमति व्यक्त गरेका छन् ।

उनले कार्यक्रमा विकासप्रेमी भनेर उदघाटन, शिलान्यास जस्ता रिवन काटने कार्यक्रममा गएर सस्तो लोकप्रियताको लागि नलागेको जानकारी गराए । उनले भने ,’विकास निर्माणका लागि यो नेता नै चाहिन्छ, उ नेता नै चाहिन्छ भन्ने के छ , उनको प्रश्न थियो, राज्यकै पैसाबाट विकास निर्माण गर्ने हो न कि नेताको पैसाबाट ?’

उदघाटन, रिवन काटन जाने नेताहरुलाई त्यसो गर्नुको साटो वरु विकास निर्माणमा समस्या आयो भने समाधानमा खट्न उनले आग्रह गरे । पछिल्लो पटक भएको प्रतिनिधि सभाको चुनावको ताका विरोधीहरुलाई आफूलाई विकाश विरोधीको रुपमा देखाएको भन्दै उनले विकास भन्दा पनि एकजना सांसदको काम नीति नियम बनाउने रहेको कुरामा जोड दिए ।

कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विषय उठान नेपाल पत्रकार महासङ्घ भक्तपुरका सचिव संजीप घिमिरेले गरेका थिए । पत्रकार घिमिरेले – अरु संस्थाहरुले जस्तै जनप्रतिनिधिहरुले पनि समय समयमा सामाजिक परीक्षण गराउनुपर्ने कुरामा प्रश्न उठाए । उनले राजनीतिले समाज विभाजनको मात्र नेतृत्व गरेको र एकले अर्कोप्रतिको भ्रामक प्रचार मात्र गरेको भन्दै सामाजिक परीक्षणले जनता र जनप्रतिनिधिहरूबीचको दूरी कम गर्ने वताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा