गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी छैनः सभापति लामिछाने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी नभएको बताएका छन् ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डर समेत रहेका लामिछानेले संस्थामा आएको भनिएको रकमबारे प्रष्टिकरण दिएका हुन् । लामिछानेले रकम कहाँबाट आयो भन्ने जीबी राईलाई थाहा हुने जवाफ दिएका छन् ।

समिति सभापति सूर्य थापाका अनुसार उनले सुप्रिम, सहारा, सूर्यर्दशन र स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा उनको नाम खडा गरिएको ऋण र प्रवाह गरिएको रकममा आफ्नो हस्ताक्षर कागजात संलग्न नरहेको दाबी गरेका छन् । समितिमा सोधपुछ जारी छ । समितिले ५० प्रश्न सोध्ने थापाले जानकारी दिए ।

“आफू संस्थाको प्रबन्धक निर्देशकका रूपमा, प्रशासकीय आन्तरिक काममा संलग्न रहेको तर, कार्यकारी प्रमुखका रूपमा आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट रकम प्राप्त भयो भन्ने राईलाई थाहा हुने विषय राख्नुभएको छ,” थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान