गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी छैनः सभापति लामिछाने

काठमाडौँ, ७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा कहाँबाट रकम आयो भन्ने जानकारी नभएको बताएका छन् ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक, सेयर होल्डर समेत रहेका लामिछानेले संस्थामा आएको भनिएको रकमबारे प्रष्टिकरण दिएका हुन् । लामिछानेले रकम कहाँबाट आयो भन्ने जीबी राईलाई थाहा हुने जवाफ दिएका छन् ।

समिति सभापति सूर्य थापाका अनुसार उनले सुप्रिम, सहारा, सूर्यर्दशन र स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा उनको नाम खडा गरिएको ऋण र प्रवाह गरिएको रकममा आफ्नो हस्ताक्षर कागजात संलग्न नरहेको दाबी गरेका छन् । समितिमा सोधपुछ जारी छ । समितिले ५० प्रश्न सोध्ने थापाले जानकारी दिए ।

“आफू संस्थाको प्रबन्धक निर्देशकका रूपमा, प्रशासकीय आन्तरिक काममा संलग्न रहेको तर, कार्यकारी प्रमुखका रूपमा आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट रकम प्राप्त भयो भन्ने राईलाई थाहा हुने विषय राख्नुभएको छ,” थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार भारत भ्रमणमा जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक

काठमाडौँ, २८ चैत । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको

काठमाडौँ, २८ चैत । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको

काठमाडौँ, २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएकाे निर्वाचनमा उनी