निजी क्षेत्रलाई सुरक्षित बनाउने कानुन बन्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ, ७ भदौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको लगानी प्रवर्द्धन हुने र सम्पूर्ण रूपले लगानी सुरक्षित हुने खालको कानुन बन्ने बताएका छन् । 

आज नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्र उत्साहित हुने कानुन बन्नेमा ढुक्क हुन आग्रह गरे । 

उनले भने, ‘उद्योगी, व्यवसायी जोडिएका विभिन्न ऐनमा तपाईंहरूले सुझाव दिनुभएको छ । सरोकारवालको सुझाव सरकारले ग्रहण गर्छ । कानुनले व्यवसाय प्रवर्द्धन गर्नुपर्छ र लगानी सुरक्षित महसुस गराउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ,’ । 

मन्त्री पौडेलले सरकार एकोहोरो रूपमा कानुन लाद्ने पक्षमा नरहेको बताए । उनले भने, ‘यो सरकार सबैको सुझाव समेटेर अगाडि बढ्छ । तपाईँहरू ढुक्क हुनुस् नयाँ बन्ने कानुनले कतै पनि निजी क्षेत्रलाई संकुचन र निरुत्साहित गर्दैन ।’ सरकारले निजी क्षेत्रको महत्त्व बुझेकाले कानुनमार्फत नै बलियो र सुरक्षित निजी क्षेत्र बनाउन सरकार लागेको मन्त्री पौडेलले दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार