कमला ह्यारिसद्वारा राष्ट्रपति पदको उम्मेदवारी स्विकार

एजेन्सी, ७ भदौ । अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया अन्तर्गत शिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाधिवेशनमा पार्टीको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो उम्मेदवारी स्वीकारेकी छिन् ।

‘एक महान् राष्ट्रको लागि म डेमोक्रेटिक पार्टीको मनोनयन स्वीकार गर्दछु ।’ उनले भनेकी थिइन् । सो अवसरमा ह्यारिसले अहिलेसम्मकै सबैभन्दा लामो भाषण दिएकी थिइन् ।

उनले आफ्नो भाषण बाल्यकालको सम्झनाबाट सुरु गरेकी थिइन् । ह्यारिसको आमा श्यामला भारतबाट अमेरिका आएकी थिइन् । सानोमा आफ्नो आमाले आफूलाई सधैँ हौसला दिने गरेको उनले बताइन् । ‘मेरो पिताले मलाई आफ्नो सपनाको पछि लाग्न प्रेरित गर्नुहुन्थ्यो ।’ ह्यारिसले भनिन् । अन्यायको विरुद्धमा गुनासो गर्नको सट्टा यसलाई हटाउन केही गर्न आमाले दिएको सुझावको पनि भाषणमा उनले स्मरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण