पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

काठमाडौँ, ७ भदौ । पूर्व डीआईजी महेशविक्रम शाह विरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । विशेष अदालतले पुस ११ मा गरेको फैसलामा चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको बताइएको छ ।

विशेष अदालतले शाहलाई ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना हुने ठहर गरेको थियो । मध्य क्षेत्रीय तालिम केन्द्रका तत्कालीन लेखापाल दीपेन्द्रप्रसाद पनेरुलाई पनि विशेषले शाहलाई समान जेल र जरिवाना हुने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण