उपसभामुखले लेखेको पत्रका विषयको फाइल सीआईबी पठाइदिने तयारी

काठमाडौँ, ७ भदौ । उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासका लागि लेखेको पत्रका विषयमा संसदीय समितिका सदस्यहरुले उजुरीमाथि अध्ययन सकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइदिने तयारी भएको छ ।

उपसभामुख रानामगरले पदको दुरुपयोग गरी काठमाडौँमा रहेको अमेरिकी दूतावासलाई भिसा समयका लागि पत्र लेखिदिएर पदको दुरुपयोग गरेको भन्दै बर्खास्तको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

भक्तपुरका अर्जुन बास्कोटाले उनीविरुद्ध समितिमा उजुरी गरेका थिए । राष्ट्रसंघीय कार्यक्रम ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं बैठकमा भाग लिन जान लागेकी उपसभामुख राना मगरले थप पाँचजनाको भिसा समयका लागि अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको

बुटवल, १३ बैशाख । अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिभल र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आएका छन् । नेपाल र

काठमाडौँ, १३ वैशाख । एमालेका तत्कालीन अध्यक्ष, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २६ औं स्मृति दिवस विभिन्न कार्यक्रम

काठमाडौँ, १३ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको