उपसभामुखले लेखेको पत्रका विषयको फाइल सीआईबी पठाइदिने तयारी

काठमाडौँ, ७ भदौ । उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासका लागि लेखेको पत्रका विषयमा संसदीय समितिका सदस्यहरुले उजुरीमाथि अध्ययन सकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पठाइदिने तयारी भएको छ ।

उपसभामुख रानामगरले पदको दुरुपयोग गरी काठमाडौँमा रहेको अमेरिकी दूतावासलाई भिसा समयका लागि पत्र लेखिदिएर पदको दुरुपयोग गरेको भन्दै बर्खास्तको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

भक्तपुरका अर्जुन बास्कोटाले उनीविरुद्ध समितिमा उजुरी गरेका थिए । राष्ट्रसंघीय कार्यक्रम ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं बैठकमा भाग लिन जान लागेकी उपसभामुख राना मगरले थप पाँचजनाको भिसा समयका लागि अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ बैशाख । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका

काठमाडौँ, १९ बैशाख । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड लन्डनमा

काठमाडौँ, १९ बैशाख । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्ती हटाउने क्रममा भइरहेको सरकारी कदमप्रति आपत्ति जनाएका

झापा, १९ बैशाख । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ