काठमाडौँ, ७ भदौ । आजबाट दुई फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् ।
‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन् । ‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले पनि अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ ।
एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा लेखेका छन् ।
‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले पेस गरेको छ । सिनेमाकाे कथा निर्देशक स्वयंले लेखेका छन् ।