थाइल्यान्डमा विमान दुर्घटना हुँदा नौजनाको मृत्यु

काठमाडौँ, ७ भदौ । थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङसाओमा बिहीबार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित नौजनाको मृत्यु भएको छ ।

दुई पाइलट र सात यात्रु सवार चार्टर्ड उडान स्थानीय समयानुसार दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जंगलमा खसेको थियो ।

थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार, थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको उडान टीएफटी २०९ राजधानी बैंककको सुवर्णभूमि विमानस्थलबाट उड्ने क्रममा एयर ट्राफिक कन्ट्रोल सेन्टरसँगको सम्पर्क टुटेको र राडारबाट बेपत्ता भएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा