संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौँ, ६ भदौ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार राष्ट्रियसभा बैठकबाट सर्वसम्मत पारित भएको हो ।

साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक भदौ २ गते राष्ट्रियसभामा प्रस्तुत गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ ९ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि