भ्रष्टाचारमा शून्य सहनशीलताको नीति देखावटी होइन : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न लिएको शून्य सहनशीलताको नीति देखावटी नभएको बताएका छन् । 

आज प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नमा ओलीले सरकारले यथार्थमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने उदेश्य राखेको बताए । उनले भने, “अहिलेको सरकारले कुनै एस्कुज खोज्दैन, काम गर्छ । भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता मात्रै र बनावटी, देखावटी होइन,” । 

ओलीले भ्रष्टाचार नियन्त्रण प्रचारबाजी, होहल्लाको विषय मात्रै बन्न नहुने बताए । कानुनी अनुसन्धान र नतिजामुखी हुनुपर्ने ओलीको भनाइ छ । मन्त्रीहरूसँगको कार्यसम्पादन सम्झौतामा पनि सो विषयलाई स्पष्ट रूपमा समावेश गरिने जानकारी दिए ।

“अब माननीय मन्त्रीज्यूहरूसँग गरिने कार्यसम्झौतामा समेत यस विषयलाई स्पष्ट रूपमा समावेश गर्ने तयारी गरिएको छ,” प्रधानमन्त्रीले भने, “भ्रष्टाचार नियन्त्रण कार्यमा कठोर रूपमा सम्पूर्ण नियमनकारी निकायसँग समन्वय र सहजीकरण गरिने छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि