शिक्षालयमा राजनीति पस्न दिन हुदैन : सुमना श्रेष्ठ

काठमाडौँ, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि)लाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै शिक्षालयमा राजनीति पस्न दिन नहुने बताएकी छन् ।

आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागीय प्रमुख नियुक्तिको विषयमा असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताइन् ।

उनले भनिन् ‘त्रिभुवन विश्वविद्यालयमा कुट्ने लहर चलेको छ । धम्क्याउने लहर चलेको छ । राजीनामाको लहर चलेको छ । संस्कृत विश्वविद्यालयमा राजनीतिक दबाबका कारण काम गर्ने परिस्थिति भएन भनेर उपकुलपतिले राजीनामा गरेको धेरै भएको छैन । त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुण्डाहरूले फोन गरेर धम्क्याए भनेर त्यो पनि एउटा विभागीय प्रमुखको पदको लागि । यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो । तर, यो त्यतिमा मात्रै सीमित रहँदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विभाग भएका विश्वविद्यालयका कुलपतिको प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रिपरिषद्को कप्तान को ? प्रधानमन्त्री । दुईवटा ठूला दलको भ्रातृसंगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर म यो दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान को ? प्रधानमन्त्री । साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मूकदर्शक भए । त्यसको माउ पार्टीका अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ । राजनीति चाहिन्छ, शिक्षकले राजनीति गर्नुपर्छ, प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही । टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? बताइदिनुपर्‍यो । मैले यसमा सरकार, कुलपति र उपकुलपतिको गम्भीर ध्यानाकर्षण गराएँ ।’ 




प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था

भक्तपुर, २१ मंसिर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले

कालिकोट, २१ मंसिर । कालिकोटको महाबै गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । बहाबै–२ ओदाका ६५ वर्षीय चर्च

सर्लाही, २१ मंसिर । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न