जाजरकोटका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न नेता बस्नेतको माग

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएकोले बस्ती स्थानान्तरणको माग गरेका हुन् ।

उनले भने ‘भूकम्प प्रभावित क्षेत्रबाट बस्तीहरु स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ । ती बस्तीहरु स्थानान्तरण हुन नसक्दा अझ बढी जनधनको क्षति हुने परिस्थिति निर्माण भइरहेको छ,’ ।

उनका अनुसार ८२ स्थानका बस्ती स्थानान्तरण गर्नुपर्ने आवश्यकता छ र मनसुनसम्म आइपुग्दा त्यो संख्या अझै बढेको अनुमान छ । ‘त्यसकारण तत्काल जोखिमयुक्त बस्तीहरु पहिचान गरी त्यसको स्थानान्तरणको व्यवस्था गर्न भूगर्भविदहरु तत्काल प्रभावित क्षेत्रमा पठाउनका लागि आग्रह गर्न चाहन्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । आज बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु

काठमाडौँ, १४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज

काठमाडौँ, १४ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १४ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको