भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य छैन : सभापति लामिछाने

काठमाडौँ, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्ने नहुने बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भन्दै भिडियो बनाएको बताए । सामाजिक सञ्जालमा भिडियो बनाइएको र आफूलाई फोन आएको सुनाए । 


उनले भने, “भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ नो बट, हाम्रो कुरा क्लियरकट,” । उनले नीतिगत भ्रष्टाचारको परिभाषा पनि स्पष्ट हुनुपर्ने बताए । भ्रष्टाचार निवारणसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि