काठमाडौँ, ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्ने नहुने बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले युवाहरूले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने भन्दै भिडियो बनाएको बताए । सामाजिक सञ्जालमा भिडियो बनाइएको र आफूलाई फोन आएको सुनाए ।
उनले भने, “भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद मान्य हुने छैन । नो इफ नो बट, हाम्रो कुरा क्लियरकट,” । उनले नीतिगत भ्रष्टाचारको परिभाषा पनि स्पष्ट हुनुपर्ने बताए । भ्रष्टाचार निवारणसम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा छ ।