शेख हसिनाको कूटनीतिक राहदानी रद्द

काठमाडौँ, ६ भदौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो ।

कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति प्राप्त हुन्छ । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् । उनीविरुद्ध बंगलादेशमा कयौँ आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन् । ती उजुरी न्यायिक सुनुवाइको प्रक्रियामा अघि बढ्दै गर्दा बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई दबाब दिन सक्ने अनुमान गरिएको छ ।

बंगलादेश र भारतबिच प्रत्यर्पण सन्धिमा हस्ताक्षर भएकाले बंगलादेश सरकारले औपचारिक रूपमा हसिनालाई फर्काउन माग गरेमा भारत ठुलो दबाबमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि