शेख हसिनाको कूटनीतिक राहदानी रद्द

काठमाडौँ, ६ भदौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी (रातो पासपोर्ट) रद्द भएको छ । बंगलादेशको अन्तरिम सरकारले हसिनासहित उनको कार्यकालका सबै सांसदको कूटनीतिक राहदानी रद्द गरिदिएको हो ।

कूटनीतिक राहदानी वाहकलाई विभिन्न मुलुकमा प्रवेशाज्ञाविना यात्रा अनुमति प्राप्त हुन्छ । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताइरहेकी छन् । उनीविरुद्ध बंगलादेशमा कयौँ आपराधिक मुद्दाका उजुरी दर्ता भएका छन् । ती उजुरी न्यायिक सुनुवाइको प्रक्रियामा अघि बढ्दै गर्दा बंगलादेशले हसिनालाई फिर्ता पठाउन भारतलाई दबाब दिन सक्ने अनुमान गरिएको छ ।

बंगलादेश र भारतबिच प्रत्यर्पण सन्धिमा हस्ताक्षर भएकाले बंगलादेश सरकारले औपचारिक रूपमा हसिनालाई फर्काउन माग गरेमा भारत ठुलो दबाबमा पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी