औपचारिक रूपमै टिकटक खुलाउँदै सरकार

काठमाडौँ, ६ भदौ । टिकटकमाथिको प्रतिबन्ध नेपालमा खुकुलो बनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गएको कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध हटाउने तयारी गरेको छ । त्यस्तो बुझाइसँगै केही इन्टरनेट सेवाप्रदायकले टिकटक चलाउन मिल्ने बनाइसकेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रस्ताव लगेर मन्त्रिपरिषद्को बैठकबाट टिकटकमाथिको प्रतिबन्ध हटाइने बताइएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी भएको बताएको छ । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २५ भदाै । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी

काठमाडौँ, २५ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेनको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै