माल्दिभ्समा ‘छक्कापञ्जा ५’ कात्तिक १ मा प्रदर्शन हुने

काठमाडौँ, ५ भदौ । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्समा नेपाली फिल्मको नियमित प्रदर्शन हुने भएको छ । नेप-फिल्म्सले पहिलोपटक प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ लाई त्यहाँ रिलिज गर्न लागेको हो ।

कात्तिक १ गते (अक्टोबर १७)मा दीपकराज गिरी र वर्षा सिवाकोटी स्टारर फिल्म प्रदर्शन हुन लागेको वितरक रमेश ढकालले जानकारी दिए । माल्दिभ्समा अबदेखि नियमित नेपाली फिल्म रिलिज गर्ने उनको तयारी छ ।

माल्दिभ्सका दुईवटा हलमा फिल्म रिलिजबारे नेप-फिल्म्स र स्थानीय स्वाक सिनेमाबीच सहमति जुटेको छ । जसअनुसार माल्दिभ्सको राजधानी माले र हलह्युमेल टापु सहरस्थित हलमा पनि फिल्म रिलिज हुन लागेको ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद

काठमाडौँ, २५ भदौ । सिरहामा लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लागुऔषध

काठमाडौँ, २५ भदौ । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, २५ भदौ । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डीएनए’ नमुना