इरानमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु

एजेन्सी, ५ भदौ । इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ ।

मध्य इरानी प्रान्त याजदमा गएराति बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै दुर्घटनामा २३ जना यात्रु घाइते भएका र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इराकको पवित्र शहर कर्बलामा शिया क्यालेन्डरको सबैभन्दा ठूलो अनुष्ठानमा सहभागी हुन जाँदै थिए ।

इरान खराब ट्राफिक प्रणाली भएको देशका रूपमा परिचित छ र यहाँ हरेक वर्ष २० हजार जना मानिसले गाडी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि