काठमाडौँ, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिन जाने भएका छन् ।
आज बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको भन्दै उक्त मितिमा बयान दिन जान लागेको बताएका हुन् ।
उनले भने, ‘समितिले मलाई भदौ ७ गते बोलाएको छ । म त्यहाँ जान्छु’, गएर आफ्ना कुराहरू म ढुक्कसाथ राख्छु ।’ पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप छ ।