परिसूचक नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ, ५ भदौ । आज सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ ।

आज २.११ अंकले बढ्दै नेप्से सूचक २९ सय ६८.४४ विन्दुमा उक्लिएको हो । आज कारोबार रकम भने झण्डै १० अर्ब रुपैयाँले घट्दै १८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको मात्र भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।

बुधबार सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख ३९ हजार ५७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

बुधबार एक सय वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको मूल्य घटेको छ । चार वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार बैंकिङ, डेभलपमेन्ट बैंक, फाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी होटल तथा पर्यटन, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् । 

बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र डोटी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बैंकले समान १० प्रतिशतले गुमाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ