निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : सांसद सुवाल

काठमाडौँ, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद  प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

आज संसद्को राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग गरे ।

उनले विगतमा एक जना पनि नेताको काठमाडौँमा घर नभएको तर अहिले बङ्गला र गाडीहरू कसरी आयो भन्दै प्रश्न समेत गरे । सुवालले छानबिनका लागि आयोग बनाउन समेत उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । बजारमा ब्रोकाउलीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ब्रोकाउलीको मूल्य

काठमाडौँ, ६ माघ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्य एकैदिन

काठमाडौँ, ६ माघ । धादिङमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ