निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : सांसद सुवाल

काठमाडौँ, ५ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद  प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् । 

आज संसद्को राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग गरे ।

उनले विगतमा एक जना पनि नेताको काठमाडौँमा घर नभएको तर अहिले बङ्गला र गाडीहरू कसरी आयो भन्दै प्रश्न समेत गरे । सुवालले छानबिनका लागि आयोग बनाउन समेत उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि