मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौँ, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  

आज पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । 

उनलाई साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको बताइएको छ   । यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो । पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।

त्यस्तै रास्वपाले आगामी मङ्सिरमा हुने तयारी भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिने भएको छ । स्थानीय तह उपनिर्वाचनमा भाग लिने समझदारी बनेको छ । तर, यसबारे आधिकारिक निर्णय भने अर्को बैठकले गर्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १३ वैशाख । एक जना रुसी सहयोगीले राष्ट्रपति भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पका दूतबीच रचनात्मक बैठक भएको बताएका छन्

वासिङ्टन डीसी, १२ बैशाख । अमेरिकी राज्य क्यालिफोर्निया विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ । त्यहाँका गभर्नर ग्याभिन न्यूसमले बहुपक्षीय

एजेन्सी, १२ वैशाख । गाजापट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गाजाको नागरिक

एजेन्सी, ११ बैशाख । भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स ( ट्विटर) अकाउन्ट ब्लक गरिदिएको छ