काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने बताएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उनी पाँच वर्षे हदम्यादको विपक्षमा उभिएका हुन् ।
पाँच वर्ष हदम्याद किन ? भ्रष्टाचारलाई जोगाउन भन्ने जनताको भनाई छ । म पनि भ्रष्टाचारका मुद्दामा सीमा तोक्ने कुराको विरोध गर्दछु, उनले भने ।