त्रिविमा गुण्डागर्दी गर्ने छुट कसैलाई छैन : मन्त्री भट्टराई

काठमाडौँ, ५ भदौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

केहिदिन यता त्रिविका पदाधिकारीमाथि हमला गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले प्राध्यापकहरुलाई समेत धम्की दिनु सिङ्गो विश्वविद्यालय नै असुरक्षित भएको बताउनुभयो । उहाँले त्यस्ता व्यक्तिलाई तत्तकाल कारवाही गर्न गृहमन्त्रालयसँग माग समेत गर्नुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसङ्ग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन यस्तो क्रियाकलापमा संग्लग्न ब्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको