क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : मन्त्री चौधरी

काठमाडौँ, ४ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै भने, ‘क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको छु। धनगढी क्रिकेट रंगशाला, चितवनको अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु ।’

उनले क्रिकेटका लागि धनगढीमा बन्‍न लागेको क्रिकेट रंगशाला सभ्य र भव्य रुपमा निर्माण हुनेमा विश्वाससमेत दिलाए । मन्त्री चौधरीले नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणालीमा खेलिने क्रिकेट संघको उद्देश्य एकदमै सराहनीय रहेको भन्‍दै स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

‘अब नेपालका मुख्य शहरहरूको नाममा आधारित फ्रेन्चाइज प्रणाली ल्याउने क्यानको उद्देश्य सराहनीय छ,’ उनले भने, ‘यसबाट स्थानीयस्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्नुपर्छ। यो क्रिकेटको दीर्घकालीन विकासका लागि उत्तम हुन्छ।’

नेपाली क्रिकेटले भविष्यमा पर्यटन, अर्थतन्त्र र रोजगारीलाई ठूलो टेवा पुग्‍नेमा उनको जोड थियो । टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुँदैछ । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः